ओपनर फिल्ट साल्ट उत्कृष्ट ब्याटिङको मदतमा इङ्गल्यान्डले आईसीसी टी-२० विश्वकपमा सुपर-८ चरणको खेलमा वेस्ट इन्डिजलाई पराजित गरेको छ ।

बिहीबार बिहान खेलिएको खेलमा इङ्गल्यान्ड ८ विकेटले बिजयी भएको हो ।

टस हरेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्गल्यान्डले भने १७.३ ओभरमा दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *