आइसिसी टी-२० विश्वकप क्रिकेटमा सहभागी भएको नेपाली क्रिकेट टोली बिहीबार बिहान स्वदेश फर्किने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकप क्रिकेटमा सहभागी नेपाली क्रिकेट टोली बिहीबार बिहान १ बजे र बिहान १० बजे दुई चरणमा स्वदेश फर्किन लागेको हो । कप्तान रोहितकुमार पौडेलसहितको टोली बिहीबार बिहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ ।

यसैगरी, दोस्रो टोली बिहीबार बिहान १० बजे नेपाल आइपुग्ने कार्यतालिका छ । विश्वकप क्रिकेटमा नेपाली टोलीले राम्रो प्रदर्शन गरे पनि एउटा खेल पनि जित्न सकेन । श्रीलंककासँग अंक बाँडेको नेपाल दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *