गण्डकी प्रदेशको राजधानी पोखरामा भएको यू-१५ राष्ट्रव्यापी विद्यालय खेलकुद प्रतियोगितामा विजेता भएका खेलाडीलाई मोरङ जिल्ला एथलेटिक्स संघ र कोबास कलेजले सम्मान गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा सहभागी भई विजेता भएका खेलाडीलाई संघ र कलेजले शुक्रबार सम्मान गरेको हो।
यू-१५ राष्ट्रव्यापी विद्यालय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट सटफुट पुरुषतर्फ छिरीङ्ग शेर्पा, लंगजम्प महिलातर्फ निकीता लिम्बू, महिला तर्फ १०० x ४ रिले दौडतर्फ दोस्रो हुने क्रमश : सिर्जना विश्वकर्मा, सुष्मा निरौला, विनिशा रिजाल, निकीता लिम्बू लगायतका खेलाडीलाई संघले सम्मान गरेको छ।
उक्त सम्मान कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, जिल्ला खेलकुद संघका अध्यक्ष इन्द्रकुमार योन्जन तामाङ, मोरङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष नारायण प्रधान, उपाध्यक्ष सुनिल श्रेष्ठ लगायतले नगद, मायाको चिनो, टि-सर्ट, खादा लगाएर सम्मान गरेको थियो।
विजेता खेलाडीलाई कोबास कलेजले खेल सामग्री, छात्रवृत्ति, पुरस्कारको व्यवस्था गरेको थियो ।
