मनोहरामाथि खालीबारीको कठिन जित

२०८१, २३ जेष्ठ बुधबार १६:२८

जारी शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा खालीबारी युवा क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार सम्पन्न पहिलो खेलमा खालीबारीले मनोहरा युनाइटेडलाई १-० गोलले पराजित गरेको हो ।

खालीबारीलाई जित दिलाउन मनिष गुरुङले खेलको एक मात्र र निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं मिनेटमा मनिषले गोल गरे ।

जितसँगै १२ खेलबाट १७ अंक जोडेको खालीबारी चौथो स्थानमा उक्लिएको छ । पराजित मनोहरा समान खेलमा १५ अंकसहित आठौं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *