पोखरामा २९ देखि ३२ जेठसम्म हुने यु-१५ विद्यालय स्तरीय खेलकुद अन्तर्गत बास्केटबलका लागि कोशी प्रदेशको छनोट सम्पन्न भएको छ ।
शुक्रबार विराटनगर स्थित एभरेस्ट कलेजको बास्केटबल कोर्टमा सम्पन्न छनोट प्रतियोगिताबाट छात्रतर्फ १० र छात्रातर्फ १० खेलाडी छनोट गरिएको छ ।

कोशी प्रदेश बास्केटबल संंघको आयोजनामा सम्पन्न छनोट प्रतियोगिताबाट छात्रतर्फ मोरङ्गबाट ३ र सुनसरीबाट ७ खेलाडी छनोट हुँदा छात्रातर्फ मोरङ्गबाट ३, सुनसरीबाट ६ र ओखलढुंगाबाट एक जना छनोट हुन सफल भए ।
कोशी प्रदेशमा छनोट भएका खेलाडीहरुलाई कोशी प्रदेश बास्केटबल संंघका अध्यक्ष मनिस गुरुङ र कोशी प्रदेश बास्केटबल संंघका केन्द्रिय सदस्य रोसन राईले मेडल र प्रमाण प्रदान गरे ।
