नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला च्याम्पियनसिपको सातौं संस्करण आयोजनाको जिम्मेवारी नेपाललाई दिएको हो ।

साफाका सातै देशको सहभागिता रहने प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

साफका पछिल्ला दुई संस्करण सन् २०१९ र २०२२ मा पनि नेपालमै भएको थियो। गत संस्करणको नेपाल फाइनलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।

प्रतियोगितामा हालसम्म ६ संस्करण समाप्त हुँदा भारत पाँच र बंगलादेश एक पटक च्याम्पियन बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *