प्याब्सन विराटनगरको आयोजनामा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप नगर स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहिवार भएको खेलमा एभरेस्ट स्कुल, सनसाइन स्कुल, सगरमाथा स्कुल र दिल्ली पब्लिक स्कुल विजयी हुँदै अन्तिम आठमा मा प्रवेश गरेका छन् ।

विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा एभरेस्ट स्कुलले ग्रीनल्यान्ड स्कुललाई ३-० गोल अन्तरले पराजित गर्यो । एभरेस्टका लागि सक्षम श्रेष्ठ, सामर्थ पाठक र रायन पोख्रेलले एक-एक गोल गरे । खेलको प्लेयर अफ दि म्याच एभरेस्टका सक्षम श्रेष्ठ चुनिए ।

त्यसैगरी दोस्रो खेलमा सनसाइन स्कुलले पुर्वाञ्चल स्कुललाई २-१ गोल अन्तरले स्तब्ध बनायो । सनसाइनलाई जित दिलाउन आकश पास्वानले ब्यक्तिगत दुई गोल गरे । पुर्वाञ्चलका कुशल कार्कीले एक गोल फर्काए । खेलको प्लेयर अफ द म्याच आकाश पास्वान घोषित भए ।

तेस्रो खेलमा सगरमाथा स्कुलले सिद्धार्थ स्कुललाई ३–० गोलले गोल अन्तरले हरायो । खेलमा ह्याटि्रक प्रहार गरेका सगरमाथाका समयूला प्लेयर अफ दि म्याच चुनिए ।

चौथो खेलमा दिल्ली पब्लिक स्कुलले जेम्स स्कुललाई ३–० गोलले अन्तरले पराजित गर्यो । जितका लागि दिल्ली पब्लिकका इमान खवासले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी प्लेर अफ द म्याच घोषित भए ।

प्याब्सन विराटनगरको आयोजनामा भएको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ छ ।

शुक्रबारको पहिलो खेल विहान ७ बजे गोदावरी स्कुल र गौतम बुद्ध स्कुलबीच हुनेछ भने दोस्रो खेल विहान ८ बजे स्टार र सेन्ट जोसेफ स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *