टर्कीले जर्जियालाई हरायो

२०८१, ६ असार बुधबार ०६:३९

युरोकप २०२४ अन्तर्गत समूह ‘डी’ को खेलमा टर्की विजयी भएको छ।

मंगलबार राति भएको खेलमा टर्कीले जर्जियालाई ३- १ गोल अन्तरले पराजित गरेको हो।

टर्कीको जितमा मर्ट मुलइडीयर, अर्दा गुलर र मोहम्मद केरेमले समान एक एक गोल गरे। यता, जर्जेस मिकाउताडजेले गरेको गोल सानत्वना बनयो।

जितसँगै टर्कीले महत्वपुर्ण तीन अंक जोडेको छ।

खेलको २५ औं मिनेटमा मर्टले गोल गर्दै टर्कीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, ३२औं मिनेटमा जर्जेसले गोल गरेपछि खेल १-१ को बराबरी अबस्थामा आयो।

६५ औं मिनेटमा अर्दाले गोल गर्दै २-१ को अग्रता दिलाए।

त्यसपछि अतिक्ति समयको अन्तिम मिनेटमा मोहम्मद केरेमले गोल गरेपछि टर्की खेलमा ३-१ ले विजयी भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *