विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुष तर्फ पहिलो जित हासिल गरेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा बुधबार सम्पन्न अन्तिम खेलमा एपिएफले बूढानीलकण्ठ स्पोर्ट्स क्लबलाई ३-१ सेटले पराजित गरेको हो।

पहिलो सेट २२-२५ एपिएफले गुमाएको थियो। तर, त्यसपछिका सेट एपिएफले २५-१४, २५-२० र २५-१६ ले जित्यो।

पहिलो जित निकालेको एपिएफले पाँच खेलमा चार अंक जोडेको छ । एपिएफले गण्डकीसँग ३-१, पुलिससँग ३-२ तथा आर्मी र हेल्प नेपालसँग समान ३-० सेटको हार ब्यहोरेको थियो ।

पाँचौं खेलमा पराजित बूढानीलकण्ठ अंकविहिन छ । यसअघि बूढानीलकण्ठ हेल्प नेपाल, आर्मी र पुलिससँग समान ३-० तथा गण्डकीसँग ३-१ को सेटमा पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *