पिएनजीविरुद्ध युगान्डाको जित

२०८१, २४ जेष्ठ बिहीबार ०८:३४

आइसीसी टी-२० विश्वकप क्रिकेटमा युगान्डाले पहिलो जित निकालेको छ । बिहिवार बिहान भएको ९ औं खेलमा युगान्डाले पपुवान्यूगिनि (पिएनजी) लाई ३ विकेटले हराउँदै विश्वकपमा डेब्यु टोलीले सनसनीपूर्ण जित निकालेको हो ।

जितकालागि पिएनजीले दिएको ७८ रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा ७ विकेट गुमाएर भेटायो । युगान्डाको जितमा रियाजत अली शाहले सर्वाधिक ३३ रनको योगदान गरे । जुमा मियागीले १३ रन जोडे ।

त्यसअघि क्यारेबियन प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिले ब्याटिङमा तानिएको पिएनजी पहिलोपटक विश्वकपमा सहभागि युगान्डासंग पुरै ओभर टिक्न सकेन । यगान्डाका बलरसामु निरिह बनेको पिएनजी १९.१ ओभरमा अलआउट हुन पुग्यो । उसकालागि हिरि हिरीले सर्वाधिक १५ रन जोडे

लेगा सियाका र किप्लिन डोरिगाले समान १२ १२ रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । चार्लस अमिनी र सेसवउ ५ रनमा समेटिए । कप्तान असाद भाला शुन्य रनमा एलवीडब्लुमा परे ।

बलिङतर्फ फ्रैङ्क न्सुबुगावा, अल्पेश रामजानी, जुमा मियागी र कसमस क्युओताले समान २२ विकेट लिए । जारी विश्वकपमा यो दोस्रो कम स्कोर हो । यसअघि अफगानिस्तानसंग युगान्डा ५८ रनमा समेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *