विराटनगरको रानी युवा क्लब मोरङ ‘ए’ डिभिजन लिगमा एक खेल अगावै बढुवा भएको छ ।
मोरङ बी डिभिजन लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा एम्ब्रियो युवा क्लबलाई पराजित गर्दै रानी युवा क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको हो ।
कानेपोखरीस्थित रमाईलो खेलमैदानमा सोमबार भएको पहिलो खेलमा रानी युवा क्लबले एम्ब्रियो युवा क्लबलाई ३-० ले पराजित गरेको थियो । रानी युवा क्लबको जितका लागि अन्कित लिम्बूले दुई र मौसम लिम्बूले एक गोल गरे । खेलको म्यान अफ द म्याच अन्कित लिम्बू भए ।
लिगमा रानीको लगातार दोस्रो जित हो । रानीले पहिलो खेलमा रमाइलो युवा क्लबलाई पराजित गरेको थियो ।एम्ब्रियोले त्रिबेणी बाचनलयलाई पराजित गरेको थियो ।
त्यसैगरि सोमबार नै भएको अर्को खेलमा त्रिबेणी बाचनलयले रमाइलो युवा क्लबलाई ४-० ले पराजित गरेको छ । त्रिवेणीका लागि युबराज श्रेष्ठले दुई, सुजन राई र इन्द्र राईले एक-एक गोल गरे । खेलको म्यान अफ द म्याच त्रिबेणीका केशब बिक भए ।
त्रिवेणीको पहिलो जित हो भने दुई खेल खेलिसक्दा जितविहीन रमाइलो लिगको पुछारमा छ ।
प्रतियोगितामा कुल ४ टोलीको सहभागी रहेको छ । सिंगल राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शीर्ष टोली ए डिभिजनमा बढुवा हुनेछ ।
