आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा स्कटल्यान्ड्सले नामिबियालाई ५ विकेटले पराजित गरेको छ ।

यो जितपछि स्कटल्यान्डले विश्वकपमा दुई खेलबाट तीन अंक जोड्दै शीर्ष स्थानमा उक्लियो । नामिबियासँगै अस्ट्रेलियाको समान दुई अंक छ । इल्यान्डको एक अंक रहँदा ओमान अंकविहिन छ ।

विश्वकपको १२औं खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा स्कटल्यान्डले १८.३ ओभरमा मात्र पाँच विकेट गुमाउँदै जित निकालेको हो ।

स्कटल्यान्डको जितमा कप्तान रिची बेरिंघटनले ३५ बलमा ४७ रन बनाए । माइकल लिस्कले ३५, माइकल जोनेसले २६ र ब्रान्डन म्याकमुरले १९ रनको योगदान गरे । नामिबियाका गेरार्ड इरास्मसले दुई विकेट हात पारे ।

यसअघि नामिबियाको लागि कप्तान इरास्मसले ३१ बलमा ५२ रनको योगदान गरेका थिए । जेन ग्रिनले २८ रनको योगदान गरेका हुन् । बाँकी खेलाडीले ठूलो साझेदारी गर्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *