बरगाछी युवा समुहले आयोजना गरेको पहिलो आर्म रेस्लिङ्ग २०८१ सम्पन्न भएको छ। सनिवार बिराटनगर अयेपोर्ट रोडमा रहेको सिंहासन रेस्ट्रोमा फाइनल खेलको आयोजना भएको हो ।

आर्म रेस्लिङ्गमा चासो राखने युवा हरुको जमात रहेको विराटनगरमा बरगाछी युवा समुह पहलमा पहिलो पल्ट आर्म रेस्लिङ्ग प्रतियोगिता आयोजना गरिएको हो । जेष्ठ ३१ गते देखि कोशी प्रदेशभरीका १०९ प्रतिस्पर्धीको सहभागिताबाट सुरुवात भएको प्रतियोगिता सनिवार फाइनलसम्म आइ पुग्दा उपाधीका लागि ९ जना ले स्पर्धा थिए ।

खचा खच दर्शकले भरिएको सिंहासन रेस्ट्रो भित्रको फाइनल खेल निकै रोचक बनेको थियो । उपाधीका लागि अन्तिम २ मा पुगेका राहुल शर्मा र ओजन प्रधान बिचको कडा टक्करमा राहुलले ओजन लाई २-१ मात दिदै उपाधी जित्न सफल भएका छन् ।

प्रथम भएका राहुलले प्रमाण पत्र मेडल र नगद २५ हजार प्राप्त गरेका छन् त्यस्तै दोस्रो भएका ओजन प्रधानले प्रमाण पत्र मेडल र नगद २० हजारमा चित्त बुझाएका छन् । तेस्तै तेस्रो स्थान मा रहेका नितेश राउतले प्रमाण पत्र मेडल र नगद १५ हजार प्राप्त गरेका छन् ।

सामाजिक कार्यमा समेत काम गर्दै आएको बरगाछी युवा समुहले युवा लाइ कुलतमा होइन शासिरिक ब्याममा ध्यान दिन यस प्रकारको खेल आयोजना भएको युवा नेता दिपक चापागाईले बताए ।

बरगाछी युवा समूहका सचिव सन्जोग गौतमले यस प्रकारको प्रतियोगिता आगामी दिनमा समेत आयोजना गर्दै जाने र युवा हरुले अन्य सामाजिक कार्यमा समेत हातेमालो गर्दै जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *