ललितपुरमा सम्पन्न ५६ औं राष्ट्रिय कराते प्रतियोगितामा कोशी प्रदेशले ११ स्वर्ण जित्दै समग्रमा तेस्रो भएको छ ।

नेपाल कराते महासंघको आयोजनामा सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगितामा १५ स्वर्ण, ८ रजत र १० कांस्य जित्दै बागमती टिम च्याम्पियन बन्यो भने १५ स्वर्ण, २ रजत र ३ कांस्यसाथ नेपाल प्रहरी दोश्रो भयो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङ, आयोजक महासंघका अध्यक्ष युवराज लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा सातै प्रदेश, प्रहरी, नेपाल आर्मी, एपीएफ र विभागीय टोलीमा आबद्ध खेलाडी बाहेकको राष्ट्रिय टिमका करिब ५ सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *