सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई डिएलएस पद्धतिमा ८ रनले हराउँदै अफगानिस्तान पहिलो पटक आइसिसी टि-२० विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ ।

वेष्ट इन्डिजको किङ्स टावनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रन मात्र बनाउन सक्यो । बंगलादेशको इनिङ्समा तीन पटक वर्षा भएपछि खेल १९ ओभरमा छोट्टाइएको थियो ।

यो सँगै अफगानिस्तान सेमिफाइनल प्रवेश गर्ने चौथो टोली बनेको छ भने सेमिफाइनल समीकरण समेत पूरा भएको छ ।अफगानिस्तानको सेमिफाइनल प्रवेशसँगै अस्ट्रेलिया भने सुपर आठ बाटै बाहिरिएको छ ।

सुपर ८ को समूह १ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् । बंगलादेश र अस्ट्रेलिया सुपर ८ बाट बाहिरिए । समूह २ बाट इङ्ल्यान्ड र दक्षिण अफ्रिका अन्तिम चारमा प्रवेश गरे । अब, फाइनल प्रवेशका लागि भारत र इल्यान्ड तथा अफगानिस्तान र दक्षिण अफ्रिका भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *