पोखरामा हुने १५ वर्षमुनिको जुनियर ब्याडमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट खेलाडी छनोट भएका छन् ।

नेपाल ब्याडमिन्टन संघले विराटनगरमा आयोजना गरेको छनोट प्रतियोगिताबाट ८ जना खेलाडी छानिएका हुन् । बिहीबार र शुक्रबार भएको छनोट प्रतियोगिताबाट ४ पुरुष र ४ महिला खेलाडी छानिएको संघका केन्द्रीय उपाध्यक्ष विनोद डागीले जानकारी दिए ।

पुरुषतर्फ मोरङका प्रतीक बिष्ट, भोजपुरका सन्दीप राई, उदयपुरका शोषण खत्री तथा महिलातर्फ सुनसरीकी निभा राई, उदयपुरकी निताशा राई मगर, भोजपुरकी नदिरा तामाङ र मिङमा तामाङ छनोट भएका छन् ।

नेपाल ब्याडमिन्टन संघ मोरङको व्यवस्थापकीय सहयोगमा भएको प्रतियोगिताबाट छनोट भएका खेलाडीले जेठ ३० र ३१ गते पोखरामा हुने यु १५ जुनियर ब्याडमिन्टन प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्नेछन् ।

छनौट भएका खेलाडीहरूलाई कोशी खेलकुद विकास बोर्डका सदस्य-सचिव कृष्ण बस्नेत, संघका केन्द्रीय उपाध्यक्ष लवभक्त श्रेष्ठ, पूर्वाञ्चल खेलकुद विकास समितिका प्रमुख शोभित प्रसाईं, ब्याडमिन्टन संघ मोरङका अध्यक्ष पुष्पधन शाक्य, उपाध्यक्ष सन्तोष बान्तवालगायतले बधाई तथा शुभकामना दिदै मेडल र प्रमाण प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *