विभागीय टोली नेपाल पुलिस क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुष तर्फ लगातार दोस्रो जित हासिल गरेको छ।

नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार पुलिसले अर्को विभागीय टोली एपिएफलाई ३-२ को सेटमा पराजित गरेको हो।

पहिलो सेट ले २१-२५ गुमाएको पुलिसले दोस्रो सेट २५-२३ ले जित्दै पुनरागमन गरेको थियो। तर, तेस्रो सेटमा भने एपिएफ हाबी भयो। उक्त सेट एपिएफले १४-२५ ले आफ्नो बनायो। तर, त्यसपछिका दुई सेट पुलिसले २५-२१ र १५-१३ ले आफ्नो बनायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *