कोशी प्रदेशले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार हार ब्यहोरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न खेलमा कोशी प्रदेश हेल्प नेपाल स्पोर्टिङ क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
हेल्प नेपालले खेल २५-१४, २५-२१,२५-१४ ले आफ्नो पक्षमा पार्यो । पराजित कोशी अंकविहिन छ । लगातार दोस्रो जितसँगै हेल्प नेपालले दुई खेलमा ६ अंक जोडेको छ ।
पहिलो खेलमा कोशी आर्मीसँग ३-० को सेटमा पराजित हुँदा हेल्प नेपालले बुढानीलकण्ठ भलिबल क्लबलाई ३-१ को सेटले हराएको थियो ।
