इटहरीमा कोसी प्रदेशस्तरीय खुल्ला महिला तथा पुरुष पौडी प्रतियोगिता हुने भएको छ ।

कोशी प्रदेश खेलकुद बिकास बोर्डको आयोजना र कोशी प्रदेश पौडी संघको संयोजनमा असार १७ र १८ गते प्रतियोगिता हुने पत्रकार सम्मेलन मार्फत बताइएको हो। कोशी प्रदेशमै पहिलो पटक हुन लागेको प्रतियोगितामा १४ वटै जिल्लाका पौडी खेलाडीको सहभागिता रहने कार्यक्रम संयोजक तथा कोसी पौडी संघका अध्यक्ष डम्बर बहादुर तामाङले जानकारी दिए ।

इटहरीस्थित ओशियन पार्कको पोखरीमा हुने प्रतियोगिताको बिभिन्न विधामा बिजेता हुने खेलाडीहरुलाई नगद पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनौट गरी उचित तालिम तथा अन्य प्राबिधिक कार्यको ब्यवस्थापन पनि गरिने कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *