आईसीसी टी-२० विश्वकप क्रिकेटको मंगलबार बिहान भएको खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अफगानिस्तानमाथि एक सय चार रनको सहज जित हात पारेको छ । जितसँगै वेस्ट इन्डिज समूह ‘सी’ को विजेता बन्दै ‘सुपर-८’ चरणमा पुगेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । जारी विश्वकपमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो स्कोर पनि हो ।
वेस्ट इन्डिजविरुद्ध ठुलो विजय लक्ष्य पछ्याउँदै जवाफि
ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने १६.२ ओभरमै अलआउट हुनुअघि एक सय १४ रनमात्र बनाउन सक्यो ।

अफगानिस्तान भने समूह उप-विजेताका रुपमा ‘सुपर-८’ चरणमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न यो खेलसँगै नवौं विश्वकपमा समूहगत चरणको खेल पनि सकिएको छ । ‘सुपर-८’ चरणमा पुग्ने आठवटै टोलीको टुङ्गो लागिसकेको छ ।
