सीजी फुड्स नेपाल लिमिटेडले अन्डर १९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ क्यानलाई ६० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

विगत दुई दशकदेखि क्रिकेट विकासमा सहयोग गर्दै आएको सीजीको लोकप्रिय ब्राण्ड वाइवाइ चाउचाउले ‘वाइवाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याउँदै क्यानलाई ६० लाख सघाउने घोषणा गरेको हो।

जसमा वाइवाइले महिला यू-१९ क्रिकेट टिमलाई प्रायोजन गरे बापत ३० लखख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख सघाउने घोषणा गरेको हो ।

राजधानीमा भएको एक विशेष कार्यक्रमबीच चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यान सचिव पारस खड्का र सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सीजीले टी-२० विश्वकप खेलिरहेको नेपाली टिमका खेलाडीलाई पनि प्रोत्साहन पुरस्कार घोषणा गरेको छ । जसमा सुपर आठमा पुगे ३० लाख पुरस्कार दिनेछ । त्यस्तै प्रत्येक रन बापत एक हजार, प्रत्येक चौकाको ८ हजार, प्रत्येक छक्काको १२ हजार, प्रत्येक विकेटको १५ हजार, प्रत्येक अर्धशतकको ५० हजार, प्रत्येक शतकको एक लाख र नेपाली टिमको प्रत्येक जितमा डेढ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *