पहिलो सहाना प्रधान यू १९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फको खेलमा लुम्बिनी प्रदेशलाई हराउँदै कोशी प्रदेशले सुखद सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ३-२ ले पराजित गरेको हो ।

लुम्बिनीले २४-२६, २२-२५, २५-२३, २५-२० र १५- ११ ले हरायो । पहिलो र दोस्रो हाफमा प्रतिस्पर्धा बनाउँदै हार बेहोरेको कोशीले तेस्रो, चौथो र पाँचौं सेटमा भने जित हात पारेको हो ।

आज भएको पहिलो खेलमा महिलातर्फ लुम्बिनी प्रदेशले मधेशलाई ३-० ले हराएको थियो । त्यस्तै पुरुषतर्फको पहिलो खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३-१ ले पराजित गरेको हो ।

सात प्रदेश सम्मिलित प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ २ समूहमा विभाजन गरिएको छ । महिलातर्फ समूह ए मा मधेश प्रदेश, कर्णाली, कोशी र लुम्बिनी प्रदेश रहेका छन् । भने समूह बी मा बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

त्यस्तै पुरुषतर्फ समूह ए मा मधेश प्रदेश, कर्णाली, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । पुरुषको समूह बी मा लुम्बिनी प्रदेश, गण्डकी र कोशी प्रदेश रहेका छन् ।

असार १५ सम्म चल्ने प्रतियोगितामा विजेताका दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ३ लाख, २ लाख र १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै दुवैतर्फ उत्कृष्ट खेलाडीले समान २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *