सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा कोसी प्रदेशको कप्तानी अभिषेक थापा र सोनिया बस्नेतले गर्ने भएका छन्। कोसी प्रदेश भलिबल संघले शनिबार उनीहरूको कप्तानीमा १४/१४ सदस्सीय टोली घोषणा गरेको हो।

आइतबारबाट दशरथ रंगाशाला कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा अभिषेकले पुरुष टोलीको कप्तान गर्ने छन्। सोनियाले भने महिला टोलीको नेतृत्व गर्ने छिन्।

पुरुष टोलीमा नितेश बस्नेत, अमृत मल्ल, अभिषेक कामती, गोपाल चौधरी, पवन खत्री, सुमन माझी, इब्राहिम मिया, किसन कटुवाल, सौगात माबो, विकास मेहता, प्रज्वल न्यौपाने, दिवस श्रेष्ठ र विमल गौतम रहेका छन्।

यो टिमको प्रशिक्षकमा कृष्ण चोङबाङ, खेम राई र दिनेश राई रहने छन्। यस्तै, महिला टिममा रुमा श्रेष्ठ, पवित्रा डाँगी, अरुणा तामाङ, जीवनी मगर, समिरा घिमिरे, अन्जना खडका, नेहा बोहरा, रिद्धिका राई, अजुना राई, संगम राई, संकृती खतिवडा, प्रकृति गहतराज र आशा चेम्जोङ रहेका छन्। शैलेन्द्र श्रेष्ठ, नीलिमा आङदेम्बे र प्रभा काङ‌बाङ प्रशिक्षक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *