इंग्ल्याण्डले आईसीसी टि-२० विश्वकपअन्तर्गत समुह चरणको अन्तिम खेलमा नामिबियालाई पराजित गरेको छ ।

सनिवार राति भएको वर्षाले प्रभावित पारेको खेलमा साविक विजेता इंग्ल्याण्डले नामिबियालाई ४१ रनले पराजित गरेको हो । महत्वपूर्ण जितसंगै इंग्ल्याण्डले सुपर ८ मा प्रवेश गर्ने सम्भावना पनि कायमै राखेको छ ।

खेल निर्धारित समय भन्दा ३ घण्टा ढिलो शुरु भएको थियो र खेललाई निर्धारित २० ओभरबाट घटाएर ११–११ ओभरमा झारिएको थियो । तर, पहिलो इनिङ्स खेल्दै गर्दा फेरी वर्षा भएपछि खेल १० ओभरमा झारियो ।

समूह ‘बी’ मा रहेको इंग्ल्याण्डले समूह चरणका सबै खेल सक्दा ५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।सुपर आठमा पुग्न अब इंग्ल्याण्डले अष्ट्रेलिया र स्कटल्याण्डको खेलको नतिजामा भर पर्नु पर्नेछ । समूह ‘बी’ को अन्तिम खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई हराएमा इंग्ल्याण्डको अन्तिम आठमा प्रवेश गर्ने छ ।

यता, समूह चरणमा एक खेल खेल्न बाँकी स्कटल्याण्डको पनि समान ५ नै अंक भएतापनि नेट रननेट आधारमा इंग्ल्याण्ड दोस्रो स्थानमा उक्लिएको हो । पराजित नामिबियाको भने ४ खेलबाट २ अंकसहित तालिकाको चौथौं स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *