आईसीसी टी-२० बिश्वकप क्रिकेटमा वेष्टईण्डिजले विजयी सुरुवात गरेको छ । आईतवार राती भएको खेलमा पपुवा न्यूगिनि (पिएनजी) लाई ५ विकेटले हराउँदै वेष्टईण्डिजले विजयी सुरुवात गरेको हो । जितकालागि (पिएनजी) ले दिएको १३७ रनको लक्ष्य वेष्टईण्डिजले १९ ओभरमा ५ विकेट गुमाएर भेटायो ।

वेष्टईण्डिजको जितमा रोस्टन चेजले अविजित रहँदै सर्वाधिक ४२ रनको योगदान गरे । ब्रान्डन किङले ३४ तथा निकोलस पुरनले २७ रन जोडे । कप्तान रोवमन पावलले १५ रन जोडे ।

त्यसअघि वेष्टईण्डिजको घरेलु मैदान प्रोभिडेन्स स्टेडियम, गयानामा टस हारेर पहिले ब्याटिङमा तानिएको पपुवा न्यूगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाएको हो ।

उसकालागि सेसे बाउअघि अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५० रनको योगदान गरे । टी-२० विश्वकपमा पपुवा न्युगिनीका लागि अर्धशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् । उनले ४३ बलमा ५० रन बनाएका हुन् । बाउअघि टिमका कप्तान असद वालाले टी-२० विश्वकपमा पपुवा न्युगिनीका लागि ५० रन बनाएका थिए । सन् २०२१ को टी-२० विश्वकपमा ओमानविरुद्धको खेलमा असदले ४३ बलमा ५६ रनको इनिङ खेलेका थिए ।

किप्लिन डोरिगाले २७, कप्तान असद वालाले २१ तथा चार्ल आमिनीले १२ रन जोडे । चाँद सोपरले १०, टोनी उर्रा २ तथा लेगे साईका १ रनमा समेटिए । बलिङतर्फ आन्द्रे रसेल र अल्जारी जोसेफले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *