रग्बीमा कोशी दोस्रो

२०८१, १ असार शुक्रबार १०:५६

कोशी प्रदेशले पोखरामा सम्पन्न यु-१५ विद्यालय खेलकुद प्रतियोगितामा छात्र रग्बीमा दोस्रो स्थान हासिल गरेको छ ।

पोखरा रंगशालामा छात्रको फाइनल खेलमा कोशी
कर्णालीसँग १-० ले पराजित भए सँगै दोस्रो बन्यो ।
मधेस प्रदेश तेस्रो बन्यो ।

कर्णाली छात्र/छात्रा दुवैमा च्यापम्पियन बन्यो ।

त्यसैगरी छात्राको फाइनल खेलमा कर्णालीले बागमतीलाई हराउँदै च्याम्पियन बन्यो । सुदूरपश्चिम तेश्रो भयो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मा, राखेपका सदस्य राजेश गुरुङ र अञ्जन धमलालगायतले पुरस्कृत गरे ।


रग्बीमा दुवैतर्फ सातै प्रदेशले सहभागिता जनाएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *