नेपालमा महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफ्री असोज १८ र १९ गते हुने भएको छ ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ आठ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागी जनाउने छन् । नेपाल रग्बी संघले यसअघि सन् २०२२ मा एसिया रग्बी यु-१८ सेभेन्स र सन् २०२३ मा एसिया रग्बी यु-२० सेभेन्सको आयोजना गरिसकेको छ ।
दुवैतर्फका विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन् । यसैगरी दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई पनि पदकको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको अनुमानित बजेट करीब २ करोड २० लाख रुपैयाँ रहेको नेपाल रग्बी संघले जानकारी दियो ।
