यूरोकप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा अस्ट्रियाले सहज जित हासिल गरेको छ। समूह डी अन्तर्गतको खेलमा अस्ट्रियाले पोल्यान्ड्लाई ३-१ गोलले पराजित गरेको हो।
हारसँगै पोल्यान्ड समूह चरणको एक खेल बाँकी छँदै युरोबाट बाहिरिएको हो । पोल्यान्डविरुद्धको जितसँगै अस्ट्रियाको भने नकआउट चरणमा पुग्ने आशा कायम रहेको छ ।
अस्ट्रियाको जितमा जेनोट टुरनियर, क्रिस्टोफ बाउमगार्टनर र मार्को अर्नाउठोभिकले समान १/१ गोल गरे। यता, क्रिजस्टोफ पियाटेकले गरेको एक गोल सान्त्वना बन्यो।
जितसँगै दुई खेलबाट अष्ट्रियाले तीन अंक जोडेको छ। पराजित पोल्यान्ड भने समान खेलबाट अंक विहिन रहेको छ।
