महावीर क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा मनोहरा युनाइटेड युवा क्लबविरुद्ध ३-१ को जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा महावीरलाई जित दिलाउन शीवप्रसाल चौलागाईंले २ तथा सुरज थारुले १ गोल गरे । मनोहराका लागि सञ्जय श्रेष्ठले १ गोल फर्काए ।

जितसँगै १३ खेलमा १६ अंक जोडेको महावीर आठौं स्थानमा छ । पराजित मनोहरा समान खेलकाट १५ अंकका साथ १० औं स्थानमा छ ।
खेलको १०औं मिनेटमा शीवको गोलमार्फत मनोहराले अग्रता लियो । १० मिनेटपछि शीवले नै टोलीको अग्रता दोब्बर बनाए
पहिलो हाफको इन्जुरी समयमा सुरजले गोल गर्दा महावीर ३-० ले अगाडि बढ्यो । ६९औं मिनेटमा सञ्जयले गरेको गोल मनोहराका लागि सान्त्वना बन्यो ।
