दक्षिण अफ्रिकालाई हराउँदै भारतले १७ बर्ष पछि बिश्वकपको उपाधि जितेको छ ।
बार्बाडोसमा शनिबार राती भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टि-२० विश्वकपको उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो ।

भारत प्रतियोगितामा अपराजित रह्यो ।
