नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्‌काले नेपालले जारी आईसीसी टी-२० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भएको टिप्पणी गरेका छन् ।

सोमवार ललितपुरमा सिजि फुड्स नेपाल लिमिटेडले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । उनले नेपाल १० वर्षको अन्तरालपछि टी-२० विश्वकप खेलिरहेको तर एउटा खेल हारेसँगै क्रिकेट टिमप्रति धेरै विश्लेषक बढेको बताए । उनले अझै तीन वटा खेल बाँकी रहेको र नेपाली टिमले राम्रो खेल्ने बताउनु भयो ।

उनले नेपाल क्रिकेटप्रतिको चासो र माया बढ्नु राम्रो रहेको बताए । उहाँले नेपाली क्रिकेट धेरै संघर्षबाट यस स्थानमा आइपुगेको भन्दै क्रिकेटप्रतिको आशासँगै वास्तविकतामा बसेर विश्लेषण गर्न आग्रह गरे । उनले नेपाल विश्वका नम्बर वान देशहरुसँग खेलिरहेकाले एउटा खेलबाट मूल्यांकन नगर्न आग्रह गरे ।

“लगभग १० वर्षको अन्तरालपछि हामी अहिले टि २० विश्वकप खेलिरहेका छौं । तीन वटा म्याच बाँकी छ । फस्ट म्याचको रिजल्ट पछि अलिकति हामी धेरै नै सबैजना क्रिकेट टिमप्रति धेरै नै विश्लेषकहरुको वृद्धि भएको छ,” सचिव पारसले भने, “नेपाल क्रिकेटप्रतिको चासो र माया बढेको र त्यससँगै आशा पनि धेरे नै बढेको छ । तर मेरो विनम्र अनुरोध यो छ की नेपाली क्रिकेट धेरै ने संघर्ष गरेर यहाँसम्म आइपुगेको हो ।

धेरै मान्छेहरुको सहयोगले यो स्थितिसम्म आएको छ । आशासँगै रियालिटीमा बसेर नेपाल विश्वकप खेल्दैछ । नेपाल विश्वका नम्बर वान देशहरुसँग खेल्दैछ । खेलाडीहरुले जि ज्यान लगाएर गर्नुभएको छ । क्यानले जे गर्नसक्थ्यो त्यो गरेको छ । हामी सकारात्मक सोचका साथ अघि बढौँ।” उनले खेलाडीहरुका लागि क्यानले सक्ने जति सबै गरेको भन्दै सकारात्मक सोचका साथ अघि बढ्न आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *