विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ ।

विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १-० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो । मोर्डन एराको जितमा अमन माझीले खेलको ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

फाइनल खेलको प्लेर अफ द म्याच मोर्डन एराका रोसिक राइ घोषित भए ।

ग्यालेक्सी स्कुलका खेलाडीमाथि लागेको प्रोटेस्ट सदर भएसँगै सेमिफाइनल खेलमा पराजित भएको मोडर्न एरा स्कुलले फाइनलको यात्रा तय गरेको थियो ।

उपाधिसँगै मोर्डन एराले नगद २५ हजार रुपैयाँ तथा उपबिजेता दिल्ली पब्लिक स्कुल नगद ११ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताको तेस्रो गोदावरी स्कुल भयो ।

प्रतियोगिताको उत्कृष्ट फिल्डर दिल्ली पब्लिकका जेनिल विष्ट, उत्कृष्ट गोलरक्षक मोर्डन एराका रोनक राजधामि, उत्कृष्ट प्रशिक्षक मोर्डन एराका सन्जिब भट्टराई, उत्कृष्ट डिफेन्डर मोर्डन एराका अमन माझी र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी दिल्ली पब्लिक स्कुलका आयुष सहनी घोषित भए । त्यसैगरी उदयमान खेलाडी सिद्धार्थ स्कुलका प्रवेश राई र सार्वधिक गोलकर्ता दिल्ली पब्लिक स्कुलका इमोन खवास भए ।

बिजता हुने खेलाडीलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, सल्लाहकार सावित्रा कुमारी पराजुली, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, खेल संयोजक नन्दलाल मण्डल, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्यीय रोहित कोइराला, कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ लगायतले पुरस्कार बितरण गरेका थिए ।

प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका थिए । विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *