गण्डकी प्रदेश प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ अपराजित रहँदै फाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार गण्डकीले विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो ।
गण्डकीले खेल २५-१८, २५-२२, २५-१६ ले आफ्नो पक्षमा पार्यो । गण्डकीले उपाधिका लागि हेल्प नेपाल स्पोर्टस क्लबको सामना गर्नेछ ।
सातौं जितसँगै गण्डकीको सात खेलबाट २० अंक छ । यसअघि गण्डकीले एपिएफ, बूढानीलकण्ठ र आर्मी, सुदूरपश्चिम, कोशी र हेल्प नेपाललाई सेटमा हराएको थियो .
लगातार दोस्रो पराजय ब्यहोरेको पुलिसको समान खेलबाट १४ अंक छ । यसअघि सुदूरपश्चिम, बूढानीलकण्ठ कोशी, एपिएफ र आर्मीलाई हराएको पुलिसले हेल्प नेपालसँग हारेको थियो ।
