कोपा अमेरिका २०२४ सुरु हुँदै छ । नेपाली समयअनुसार शुक्रबार बिहान ५:४५ बजे अर्जेन्टिना र क्यानडाबीचको खेलसँगै प्रतियोगिता सुरु हुने छ ।

कोपा अमेरिकाको ४८औं संस्करणको कोपा अमेरिका मा यस पटक १६ देशले भाग लिदै छन् । १६ देश ४ समूहमा विभाजित छन् । समूह ‘ए’ मा अर्जेन्टिना, पेरु, चिली र क्यानडा छन् भने समुह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन् ।

त्यस्तै समुह ‘सी’ मा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया छन् भने समूहले ‘डी’ मा ब्राजिल, कोलोम्बिया, पारागोय र कोस्टा रिका छन् ।

समुह चरणको खेलपछि हरेक समुहका शिर्ष दुई देश क्वाटरफाइनलमा पुग्ने छन् । अमेरिकाका १४ ठाउँमा म्याचहरू हुनेछन् । प्रतियोगिताको फाइनल खेल फ्लोरिडाको मियामी गार्डेनमा रहेको हार्ड रक स्टेडियममा जुलाई १४ मा हुनेछ ।

कोपा अमेरिकाको यो ४८औं संस्करण हो । अहिलेसम्म सबैभन्दा बढी १५ पटक अर्जेन्टिना र उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेका छन् । अर्जेन्टिना कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन हो । त्यस्तै ब्राजिलले ९ पटक कोपा अमेरिका जितेको छ भने पाराग्वे, चिली र पेरुले २-२ पटक यो उपाधि जितेका छन् । त्यस्तै बोलिभिया र कोलम्बियाले एक एक पटक यो उपाधि जितेका छन् । मेक्सिको २ पटक फाइनलमा पुगेपनि उपविजेता मै चित्त बुझाएको थियो ।

नेपालमा भारतीय टीभी च्यानलबाट कोपा अमेरिकाका म्याचहरू हेर्न पाइन्छ । सोनी स्पोर्ट्स नेटवर्कसँग कोपा अमेरिका प्रशारण अधिकार छ । मोबाइलमै हेर्नका लागि सोनी लिभको एप किनेको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *