एभरेस्ट भलिबल क्लबले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार एभरेस्टले न्यु डयामन्ड स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

एभरेस्टले खेल २५-२१,२५-१९, २५-१८ ले आफ्नो पक्षमा पार्यो ।

जितसँगै एभरेस्टले तीन खेलमा ९ अंक जोडेको छ । तीनै खेलमा पराजित न्यु डायमन्डले एक अंक जोडेको छ ।

यसअघि एभरेस्टले कर्णाली र आर्मीलाई समान ३-० को सोझो सेटमा पराजित गरेको थियो । न्यु डायमन्डले एपिएफसँग ३-२ र पुलिससँग ३-१ को हार ब्यहोरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *