प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार पुलिसले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
एकतर्फी खेल पुलिसले २५-७, २५-६, २५-८ ले आफ्नो पक्षमा पार्यो ।
चौथो जितसँगै पुलिसले चार खेलमा ११ अंक जोडेको छ । यसअघि पुलिसले अर्मीलाई ३-२, न्यु डामन्डलाई ३-१ र एपिएफलाई ३-० को सेटमा हराएको थियो ।
चारै खेलमा पराजित कर्णाली अंकविहिन छ । यसअघि कर्णालीले एभरेस्ट, एपिएफ र आर्मीसँग समान ३-० सेटको हार ब्यहोरेको थियो ।
