आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुष तर्फ विभागीय डर्बीमा त्रिभुवन आर्मी विजयी भएको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सोमबार सम्पन्न पाँचौँ खेलमा आर्मीले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

प्रतिस्पर्धातमक र केहि विवादित बनेको पहिलो सेटमा आर्मी २५-२२ ले विजयी भयो, दोस्रो सेटमा २५-२० तथा तेस्रो सेटमा आर्मी २५-२३ ले विजयी भयो।

जितसँगै आर्मीले जारी प्रतियोगितामा लगातार तेस्रो खेलमा जित हासिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *