विभागीय टोली नेपाल पुलिस क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुष तर्फ लगातार तेस्रो जित हासिल गरेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सोमबार सम्पन्न खेलमा पुलिसले बूढानीलकण्ठ भलिबल एसोसिएसनलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

पुलिसले २५-२०, २५-१९ र २५-१८ ले खेल जितेको हो। पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई ३-० र दोस्रो खेलमा विभागीय टोली एपिएफलाई ३-२ को सेटमा पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *