इलाम – कोशि प्रदेश स्तरीय जुनियर यु-१५ बुद्दिचाल प्रतियोगिता सम्पन्न भएको छ ।

इलामको हाेटल हाइटमा सम्पन्न प्रतियोगिताबाट झापा र मोरङका ३/३ जना ताप्लेजुङ बाट २ जना गरि जम्मा ४ जना छात्र र ४ जना छात्रा छ्नौट भएका छन्।

छनाैट हुनेमा छात्रा तर्फ प्रथम, दितिय, तृतिय र सान्त्वना क्रमशः अर्पण भट्टराई(ताप्लेजुङ), भानु गौतम(मोरङ), विकास घोर्साने(तेस्रो) र श्रीयन्स चम्लागाइ विजेता भएका छन् ।

यसै गरि छात्रा तर्फ प्रथम, दितिय, तृतिय र सान्त्वना क्रमशः प्रविशा दवाडि(झापा), प्रतिमा बास्कोटा(झापा), खुसि श्रेष्ठ(ताप्लेजुङ) र समिरा राइ(मोरङ) विजय भएकि छन् ।

पोखरामा जेठ ३१-३२ हुन गइरहेको जुनियर बुद्दिचाल राष्ट्रिय प्रतियोगिताको निम्ति इलाममा यहि जेठ २५-२६ गते इलाममा भएको प्रदेश स्तरीय प्रतियोगितामा २९ जना खेलाडीको सहभागिता रहेको थियो । प्रदेश बुद्दिचलको आयोजना, इलाम जिल्ला बुद्दिचाल संघको ब्यवस्थापन एवं नेपाल बुद्दिचाल महासंघको सहयोगमा भएको कार्यक्रममा प्रदेश संघका अध्यक्ष सुरेन्द्र कुमार राइको अध्यक्षता, इलाम अध्यक्ष प्रकाश परियारको संचालन, राष्ट्रिय आर्विटरहरु प्रमुख याम प्रसाद लिम्बु र आर्विटर टिम सदस्यहरुमा तारानाधि घिमिरे र खड्ग लिम्बु रहेका थिए ।

प्रतियोगितामा सहभागीहुने खेलाडीमा छात्रा तर्फ समिरा राइ, जेनिसा बुढाथोकी, श्वेता राइ, किन्जल हिङमाङ, रिस्ता राइ, एन्जिलिना तामाङ, श्रीष्टि मगर, दृष्टि लिम्बु, झर्ना तामाङ र आन्वि राइ रहेकि छिन । यसै गरि छात्रा तर्फ सहभागी क्रमस महेश दवाडी, आयान श्रेष्ठ, बृटिस कार्कि, सन्दिप तामाङ, सक्षम पौडेल, एरिज राइ, श्रब्य निरौला, तिपेश तामाङ, मिल्सन राइ, प्रीसियन पोख्रेल र निसुहाङ सेन्दाङ लिम्बु रहेका छन् ।

विजेताहरु उत्कृष्ट भएका छात्र-४/छात्रा-४ जनालाइ प्रदेश अध्यक्ष सुरेन्द्र कुमार राइ, उपाध्यक्ष नारायण प्रसाद खतिवडा, सदस्य राम मादेन र जिल्ला अध्यक्ष प्रकाश परियारले ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । राष्ट्रिय प्रतियोगिताको निम्ति देशै भरि जेठ २० सम्ममा जिल्ला छनौट र जेठ २७ सम्म प्रदेश छ्नौट भइ सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *