नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी-२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अल आउट हुँदै १०७ रनको लक्ष्य दिएको थियो ।१०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा अल आउट हुँदै ८५ रनमा अल आउट भयो ।

समुह डि मा बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । नेपाल ४ खेलमा १ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *