स्पेनिस ला लिगाअन्तर्गत सिजनको अन्तिम खेलमा बार्सिलोना विजयी भएको छ । आईतवार राति भएको खेलमा सेभिल्लामाथि बर्सिलोना २-१ ले विजयी भएको हो ।

सेभिल्लाको घरेलु मैदान इस्टाडियो रामोन सान्चेज पिज्जुवान रंगशालामा भएको खेलमा भ्रमणकारी टोली बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की र फेर्मिनले गोल गरे । पराजित घरेलु टोलीका लागि युस्सेफ इन नेसेरीले एक गोल फर्काए ।

खेल सुरु भएको १५ औं मिनेटमा जाओ क्यानसेलोको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । तर, ३१ औं मिनेटमा बौबाक्रे सौमारेको पासमा युस्सुफले गोल फर्काउँदा खेल १-१ को बराबरीमा आयो ।

त्यसपछि दोस्रो हाफको ५९ औं मिनेटमा इल्के गुन्डुवानको पासमा फेर्मिनले गोल थप्दा बार्सिलोना २-१ ले विजयी भयो ।

जितसंगै ३८ खेलबाट ८५ अंक जोडेको बार्सिलोनाले तालिकाको दोस्रो स्थानमा रहेर लिग अन्त्य गरेको छ । पराजित सेभिल्लाको भने समान ३८ खेलमा ४१ अंकसहित तालिकाको १४ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *