फ्रेन्च लिग वानको च्याम्पियन बनेको पिएसजीले पुरै सिजन कुनै पनि अवे खेलमा अपराजित रहँदै कीर्तिमान बनाएको छ ।
सिजनको अन्तिम खेलमा घरेलु टोली मेट्जलाई २-० ले पराजित गर्दै उक्त कीर्तिमान बनाउन सफल भएको हो ।
पिएसजीले पहिलो १२ मिनेटभित्र गरेको दुई गोललाई जोगाउँदै तीन अंक जोड्यो । अन्तिम खेल सुखमय बनाउन कार्लोस सोलर र लि काङ इनले गोल गरेका थिए ।
अन्तिम खेलमा सिजनसँगै टिम छाड्ने निर्णय लिएका केलियन एम्बाप्पे विश्राममा थिए । उनीसँगै औसमाने डेम्बेले पिएसजीले सूचीमा थिएनन् । लिगमा एम्बाप्पेले २७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् । डेम्बेले ८ असिस्ट गरेर उच्च स्थानमा रहे ।
पिएसजीले ३४ खेलबाट ७६ अंकसहित शीर्ष स्थानमा कब्जा गरेको छ । समान खेलबाट ६७ अंक जोडेको मोनाको दोस्रो स्थानमा रह्यो ।
यसपटक क्लेमोन्ट फूट र लोरेन्ट रेलिगेशनमा परेका छन् । मेट्सले रेलिगेशनबाट बन्च प्लेअफ खेल्नुपर्ने हुन्छ ।
