सामाजिक र महावीरले अंक बाँडे

२०८१, १५ जेष्ठ मंगलवार १८:२८

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सामाजिक युवा क्लब र महावीर क्लब १-१ को बराबरी खेल्दै अंंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार अग्रतालाई जोगाउन नसक्दा समाजिक अंक बाँड्न बाध्य बन्यो । समाजिकका लागि सुवास गोले र महावीरका लागि अमन राजवाहाकले गोल गरे ।

यो निताजसँगै १० खेलमा १३ अंक जोडेको सामाजिक आठौं स्थानमा छ । महावीर समान खेलबाट १० अंकका साथ ११औं स्थानमा छ ।

खेलको ३८औं मिनेटमा सुवासको गोलमार्फत सामाजिकले अग्रता लियो । उनले विजय दोङको क्रसलाई पोस्टको दिशा दिए ।

अमनले ७८औं मिनेटमा महावीरलाई बराबरीमा ल्याए । उनले सन्दीप क्षेष्ठको कर्नरलाई हेडमार्फत जाली चुमाए ।

मंगलबार नै सम्पन्न अर्को खेलमा बागमती युवा क्लबले समाज कल्याण खेलकुद केन्द्रविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *