क्रिकेटर सन्दीप लामिछाने सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका छन् । बलात्कारको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएका सन्दीप फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटन गए पनि सुनुवाइ अघि बढ्दा निराश भएका सन्दीपले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।

सामाजिक सञ्जालमा सन्दीपले दिएको अभिव्यक्ति जस्ताको तस्तै

धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाची रहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसला मा गम्भीर त्रुटि छ, तर पनि धेरै चुप लागेर बसें। कानुनी व्यवसायी ले भन्नु हुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्य ले न प्रमाण ले न अनुसन्धान को कुनै सारभूत निचोड ले पुस्टी गर्छ। तर मैले कति सहनु ? म न्याय माग्दा माग्दा शिथिल भई सके। सामाजिक संस्था र सामाजिक सञ्जाल मा अनि झुट का न्याय का लागि लड्ने एक थरी गज्जबका
आमा, दिदी हरू रहेछन् अनि केही प्रभाव पार्ने पत्र पत्रिका।

ती तथाकथित र भनौंदा सामाजिक अभियंता हरूलाई मेरो यो खुल्ला चुनौती हो वहाँ हरूलाई मेरो र गौशाला २६ बिच जुनसुकै सम्बन्ध चाहे जबरजस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस्, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ वर्ष ले पुग्दै पुग्दैन। तपाईं हरूको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँ ले बुझेको छ। म कानुन ले होइन अनुमान र एकतर्फी भनाइ ले दोषी भएको छु, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसार को लागि गम्भीर दुर्घटना हुनेछ लेखी राख्खु भगवान् ले हेरिरहेका छन् व्यक्ति भन्दा माथि।

ती तथाकथित महिला सामाजिक अभियंता भन्नेहरू यती स्वार्थी र अपराधी रहेछन् कि जो वास्तविक पीडित हरू हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ती तथाकथित अभियेंताहरु जसले एउटा खोल ओढेर अर्को व्यवसाय गर्छन्। मैले यति लेखिरहँदा अब केही ले मलाई पीडितको नाटकीय त्रूप फाल्यो भनेर लेख्लान्। तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सद्बुद्धि आउला। म
सानै देखि धर्म मा विश्वास गर्ने व्यक्ति हु जो जो यो बनावटी अभियोग को अभियान मा खटिरहनु भएको छ, कानुन ले नहोला धर्मको अग्निपरीक्षा मा तपाईंहरूले आफ्नो कर्म को फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटना को निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ ।

सन्दिप लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *