ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । सोमबार राती भएको खेलमा दिल्लीले राजस्थानलाई २० रनले पराजित गरेको हो ।

जितसँगै दिल्लीको प्लेअफमा पुग्ने अझै सम्भावना रहेको छ ।

साथै पराजित राजस्थानको शिर्ष स्थानमा उक्लने योजना चकनाचुर भएको छ । जितका लागि २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन मात्र बनाउन सक्यो ।

उसकालागि कप्तान सञ्जु सामसनले सर्बाधिक ८६ रनको पारी खेलेपनि जित दिलाउन सकेनन् । यस्तै रियान परागले २७, शुभम् द्धिवेले २५ तथा जोस बटलरले १९ रन जोडे ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिले ब्याटिङमा तानिएको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २२१ रन बाएको थियो । दिल्लीकालागि अभिषेक पर्लले सर्बाधिक ६५, जेक फ्रेजर-म्याकगुर्कले ५० तथा ट्रिस्टन स्टब्सले ४१ रन जोडेका थिए ।

जितसंगै छैटौ स्थानको दिल्ली एक स्थान सुधार गर्दै पाँचौ स्थानमा उक्लिएको छ । प्रतियोगिता अन्तर्गत बुधबार सनराईजर्स हैदराबाद र लखनाउ सुपर जायन्टसबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगमा १६ अंक सहित कोलकात्ता नाईटराईडर्स शिर्ष स्थानमा छ र समान अंकको राजस्थान दोस्रो तथा १२ अंकको चेन्नेई तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *