इङ्लिस प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडले स्पेनका जुलेन लोपेटेगुइलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ
लोपेटेगुइ र क्लबबीच दुई वर्षको सम्झौता भएको छ । उनले डेभिड मोयसको स्थान लिएका हुन् ।
सन् २०१९ मा वेस्ट ह्याम फर्किएका मोयसले सोमबार मात्रै सिजनको अन्त्यसँगै आफ्नो दोस्रो कार्यकाल समाप्त गर्ने घोषणा गरेका थिए । उनले टोलीलाई गत सिजन युरोपा कन्फेरेन्स लिगको उपाधि दिलाएका थिए।
गत सिजन प्रियिमर लिगकै उल्भरह्यमटन छाडेपछि लोपेटेगुइ क्लबविहिन थिए । लोपेटेगुइसँग स्पेनको राष्ट्रिय टोलीका साथै रियाल मड्रिड, सेभिया, पोर्टो जस्ता क्लबको प्रशिक्षण सम्हालेको अनुभव छ ।
