इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि प्रतिस्पर्धात्मक जित निकालदै युरोपा लिग छनोटको सम्भावना जीवितै राखेको छ ।

बुधवार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ३-२ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।

युनाइटेडको घरेलु मैदान ओल्डट्राफेड रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा कोबी माइनो, आमद डियालो र रासमुस होइलुन्डले गोल गरे। भ्रमणकारी टोली न्युक्यासलका लागि भने एन्टोनी गोर्डन र लेविस हलले एक-एक गोल फर्काए ।

पहिलो हाफको ३१ औं मिनेटमा डियालोको पासमा माइनोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।

तर, दोस्रो हाफको ४९ औं मिनेटमा जाकोब मुर्पेको पासमा गोर्डनले गोल फर्काउँदा खेल १-१ को बराबरीमा आयो ।
त्यसपछि ५७ औं मिनेटमा डियालोले गोल गर्दा युनाइटेड २-१ ले अघि बढ्यो ।

यता, ८४ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा होइलुन्डले गोल थप्दा युनाइटेड ३-१ ले अघि बढ्यो । तर, खेलको अन्त्यतिर इन्जुरी समयको दोस्रो मिनेटमा हलले न्युक्यासलका लागि गोल फर्काउँदा खेल ३-२ ले सकियो ।

जितसंगै युनाइटेडले ३७ खेलबाट ५७ अंक जोड्दै लिग तालिकाको आठौं स्थानमा रहेको छ । पराजित न्युक्यासलको पनि समान ३७ खेलमा ५७ नै अंक भएतापनि गोलअन्तरका आधारमा सातौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *