मेसीबिनाको इन्टर मायमीको जित

२०८१, १३ जेष्ठ आईतवार ११:३१

मेजर सकर लिगमा इन्टर मियामीले सहज जित निकालेको छ। मेजर सकर लिगको जारी सिजनको १६ औं खेलमा इन्टर मियामीले सहज जित निकालेको हो।

आइतबार बिहान भएको खेलमा मियामीले भ्यानकुभर ह्वाइटक्याप्सलाई उसकै घरेलु मैदानमा २-१ को गोल अन्तरले पराजित गर्यो। मियामीको जितमा रोबर्ट टेलर र लियोनार्डो क्याम्पानाले गोल गर्दा घरेलु टोलीका लागि रायन गाल्डले एक गोल गरे।

खेलको ३८ औं मिनेटमा रोबर्ट टेलरको गोलबाट मियामीले अग्रता पाएको थियो। त्यसपछि दोस्रो हाफको सुरुवातमा मियामीले अग्रता दोब्बर पार्यो। खेलको ५४ औं मिनेटमा क्याम्पानाले गोल गरेका थिए।

खेलको ७२ औं मिनेटमा घरेलु टोलीले पेनाल्टीको अवसर पायो। जसमा रायन गाल्डले गोल गरे। त्यसपछि कुनै पनि टोलीबाट थप गोल भएनन्। खेल २-१ मा टुंगियो।

यस जितपछि मियामीले शिर्ष स्थानमा एक अंकको अग्रता बनाएको छ। मियामीले सिजनका १६ खेलहरु मध्ये १० खेलमा जित निकालेको छ भने २ खेलमा पराजय भोगेको छ।

मियामीले आइतबार अर्जेन्टिनी स्टार लियोनेल मेस्सी, लुइस सुआरेज र सर्जियो बुस्केटस जस्ता खेलाडीलाई आराम दिएको थियो।

Previous

Leave a Reply

Your email address will not be published. Required fields are marked *