संयुक्त राज्य अमेरिका र वेष्ट इन्डिजमा आगामी १ जुनदेखि शुरु हुन गइरहेको आईसीसी पुरुष टी २० विश्वकप क्रिकेटमा आतङ्कवादी हमला हुन सक्ने खतरा बढेको छ। इस्लामिक स्टेट खुरासानले ९ जुनमा भारत र पाकिस्तानबिच हुने हाई प्रोफाइल खेलमा ‘लोन वुल्फ’ आक्रमण गरिने धम्कि दिएपछि उक्त म्याचमा आतङ्‌वादी हमला हुने खतरा बढेको हो ।

इस्लामिक स्टेट खुरासानले ‘लोन वुल्फ’ बाट आतङ्कवादी हमला गर्ने धम्कि दिएपछि अहिले न्यूयोर्क प्रशासनले त्यहाँको सुरक्षालाई निकै बढाएको छ । साथै नासाउ काउन्ट्री क्रिकेट स्टेडियमलाई पूर्णरुपमा सुरक्षाको घेरामा राखिएको छ ।

न्यूयोर्क प्रशासनले खेलका दौरान आतङ्कवादी हमला हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै सुरक्षाका लागि सम्पूर्ण कुराको तयारी गरेको छ । त्यस्तै कुनैपनि परिस्थितिसँग जुझ्नको लागि व्यापक उपायहरुको पनि अवलम्बन गरिएको छ । भारत र पाकिस्तानको खेलका दौरान जमिन र अकाश दुवैवाटबाट सुरक्षा प्रदान गरिने भएको छ

इस्लामिक स्टेट खुरासानले एक भिडियो जारी गर्दै भारत र पाकिस्तानबिचको खेलमा ‘लोन वुल्फ’ बताएको थियो । उक्त भिडियोमा स्वतन्त्र हमलावारद्वारा खेलमा बाधा पुर्याइने बताईएको थियो । यो धम्किको पुस्टि गर्दै नासाउ काउन्टीका पुलिस कमिश्नर प्याट्रिक राइडरले उक्त धम्किलाई विभिन्न सुरक्षा उपाय मार्फत विफल पारिने बताए ।

त्यस्तै पुलिस कमिश्नर प्याट्रिक राइडरले वर्तमान अवस्थामा त्यस्तो विश्वसनिय खतरा नभएको बताएका छन । साथै उनले यो धम्किलाई गम्भिरताका साथ लिदै खेलको समयमा अधिक सुरक्षा बल परिचालन गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *