नेपाल क्रिकेट संघ क्यानले सवै प्रयास गर्दा पनि काठमाडौंमा रहेको अमेरिकन राजदूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको जानकारी गराएका छन् ।

दोस्रो पटक सन्दीपको भिसा ‘रिजेक्ट’ भएपछि क्यानका सचिव पारस खड्काले विहीबार एक विज्ञप्ति निकालेर कुटनीतिक नोटसहित पहल गर्दा पनि भिसा नदिएको बताएका हुन् ।

परराष्ट्र मन्त्रालयको कूटनीतिक नोटपछि बिहीबार अन्तर्वार्तामा बोलाइएका लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको थियो। सचिव खड्काले सरकार र आइसीसीबाट आवश्यक पहल गर्दासमेत अमेरिकी दूतावासले भिसा दिन असमर्थता जनाएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् ‘संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आइसिसी पुरुष टि२० विश्वकप २०२४ मा सहभागिताका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेको भ्रमणको निम्ति कूटनीतिक नोट सहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दिप लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको व्यहोरा जानकारी गराउन चाहान्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *